सारा ब्राह्मड भरिरहेका वनस्पति, पशुपन्छी, जीवजन्तू सँगसँगै मानव जीवन पनि प्रकृतिले दिएकाे अनुपम वरदान सरह मानिन्छ । यहाँ प्रकृतिकाे स्वयं अाफ्नाे अस्तित्व पनि यिनै जीवनचक्र चलाउने प्राणी/वनस्पति सँग घनिष्ट रुपमा जाेडेर चलिरहेको पक्कै हुन्छ। एकपछि अर्को जीवनचक्र चलाउने प्राणी/वनस्पतिले अाफ्नाे जीवन अस्तित्व बचाउन र चलाउन प्रकृति सँग नजिकैको सम्बन्ध राख्नै पर्ने हुन्छ यदि प्रकृति बिना चल्छु, बाँच्छु भन्ने हाे भने जीवन अस्तित्व नै सदाका लागि समाप्त भएर जाने निश्चित छ।
वनस्पति, पशुपन्छी र जीवजन्तूले अझै सम्म अाफ्नाे सृष्टिकालमा पाएकाे धर्म, माैलिक दर्शन, मुल्य मान्यता र पद्धतिलाई निरन्तर रुपमा निभाइरहेकाे/अनुसरण गरिरहेकाे मज्जाले देख्न सकिन्छ तर अहिलेका हामी अधिकाशं मानवले मात्रै अाफ्नाे माैलिक धर्म, दर्शन, मुल्य मान्यता, जीवन पद्धति र संस्कारलाई छाेड्दै गएको हुनाले नै मानव जीवन चरम संकटमा परिरहेको छ । थप पछिल्ला अांकाडाहरुले पनि यहीँ जनाउँछ। अहिलेका अधिकाशं मानवमा हाम्रा अग्रजजनले बचाएर ल्याउनु भएको माैलिक धर्म, दर्शन, मुल्य मान्यता, परम्परा र संस्कार छाेडने गलत प्रवृत्ति झन् माैलाएकाे पाउँछु। अहिलेका अधिकाशं हामी मानवमा मानवता हराए जादैछ, कृत्रिम मानव (राेबर्ट) जस्तो रिमाेटले चलाउने चेतना बिहिन भएर दानव तर्फ रुपान्तरण हुन सक्रिय भएको यथार्थ छदैछ । पछिल्लो समय विज्ञान प्रविधिले जतिसुकै प्रगति गरेपनि प्रकृतिलाई त्यागेर बाँच्न, जीउन सकिदै सकिदैन ! मानव जातीका लागि प्रकृतिक जीवनशैली हरेक हिसाबले फाइदाजनक हुने गर्दछ तर यहाँ मानव जातीले प्राकृतिक नियम ताेडेकाे हुनाले नै बाँच्नका निम्ति अनेकौं नियम, विधि, कानुन, पद्धति र संविधान चाहिएको हाे मानव बाहेक अरु प्राणी, वनस्पतिका लागि प्राकृतिकाे नियम नै संविधान भन्दा सर्वश्रेष्ठ मानिन्छ त्यहीँ प्राकृतिक नियममा चलिरहेका पनि छन् सँगसँगै सहजरूपमा बाँचिरहेका पनि छन्। प्रकृतिक जीवनशैलीमा मानव जीवन जाेडि दिए मात्रै मानव जातिकाे अस्तित्व जीवन्त रहि रहने छ ! अा'अाफ्नाे अमुल्य जीवनलाई प्रकृति तर्फ फर्काउँ।
मानव जातिले निरन्तर भाैतिक सुख/सुविधालाई मात्रै सर्वाधिक मुल्यवान अलिक नठानि दिए बाँच्न निकै सहज हुने पक्का थियोे। यहाँ मानव जीवनकाे सबैभन्दा अमुल्य समय नै यावत् भाैतिक सुख, सुविधा अार्जन गर्न केन्दित गर्नाले हामी भित्र भएको वास्तविक मानवता, मानव धर्म बिस्तारै बिस्तारै स्खलित हुदैँ (हराउँदै ) जाँदै छ। भाैतिक सुखलाई केन्द्र भागमा राख्नाले अन्य सुख, खुसी, अानन्दका बारेमा पूर्ण रुपमा साँच्चै बेखबर नै छाै हाेइन् र! अाधुनिकताका नामले अनावश्यक रुपमा विकास गरेका कथित भाैतिक सुख, सुविधा केही समयका लागि छेडिक मात्र हुन्छ सँगै नाशवान छ भनेर मज्जाले बुझैँ। म पनि बल्लतल्ल बुझ्न थालेको छु र बाहिर निस्किन प्रयत्नशील छु। भाैतिक सुख मात्रै मानव जीवनका लागि मुल्यवान छ भने कथित भ्रममा भ्रमित छाै यसको मतलब हामीलाई भाैतिक सुख, सुविधा चाहिदै चाहिदैन भने अर्थ पनि हुदै हाेइन। अधिकाशं मानवमा यहाँ मानवको शरीर, जीवन मात्र रह्याे स्वयं त्यो भाैतिक शरीर भित्रकाे मानवता/ सहृदयीता क्रमै सँग हराएर अजीब(विलक्षण)/ स्वार्थी बन्न तर्फ रुपान्तरण हुदै जादै छ। हामीले जीवनकालमा थुप्रै भाैतिक वस्तु/सुख गुमाए पनि मानवतालाई कदापि नगुमाउ बचाइ राखैँ।
हामीले हासिल गरेका हरेक अनुभव, संघर्ष र अानन्द नै जीवन जिउने प्रमुख अाधार हुन्। हामी भित्रकाे मानवता जीवित राखि राखैँ, यहाँ हरेक मानवकाे धर्म मानवता मात्रै हाेस् भने मलाई लाग्छ। अब हामीले अाफ्नै माटोलाई सुहाउँदो साेंच, विचार, सिद्धान्त र जीवन पद्धति समातैं/पूर्णजागरण गराैँ ! यसले मात्रै हाम्रो हित सँगै राष्ट्रकाे अस्तित्व बचाउन महत्त्वपूर्ण भुमिका खेल्ने गर्छ ! नेपालीपन लाई मात्रै बाेक्ने संकल्प गराैँ, विदेशीका अायायतितपन लाई सदाका लागि त्यागैँ ! अहिले लागू गरिएका अायायतित साेंच, विचार र सिद्धान्त त्याग्नका निम्ति अाँखामा बाधिएकाे कालाे पट्टी खाेलैँ र हामी सम्पूर्ण नेपाली व्यूँझेमात्रै सहि मार्गमा देशलाई हिड्न सक्ने छाै सँगसँगै हाम्रो हाम्रो अाफ्नाे "इतिहास, सभ्यता,संस्कार, धर्म तथा विकास" लाई गहन अध्ययन गराैँ। हामीमा मानवता भरिएको गहिरो चिन्तन, अध्ययन र चेतना हुनू जरुरी छ। अाफ्नै पद्धति'मा, प्रकृति'तर्फ र सभ्यता'तिर फर्कैँ !!