YOUR AD HERE
त्यो कालो दिन र भदौ 22
2377
like
Kusmakhar Adhikari
Chitwan, Narayani, Nepal

तराईको पुरानो साना झुप्रा बस्तीहरु राजा त्रीभुवनकै पालामा बसेको हो भनेर मेरा हजुरबुवा भन्नू हुन्थ्यो। पाहाड बाट आएर पाहाडिया बाहुन हरुले फाँडेर बसेको बस्ती भएर बाहुन बस्ती पनि भन्थे । राजमार्गको भित्र बिरगंज बाट पुर्ब दक्षिणा बस्ती जसलाई तत्कालीन पर्साको बाग्बान गाबिस भनेर चिनिन्थ्यो बिरगंज पथलैया राजमार्ग बाट २५/३०  मिनेटकै दुरिमा रहेको त्यो टोलमा पानी समस्या थिएन , हरेकका घरमा पानीका कल धारा थिए। गाउँमा भजन कृतन, पुजा पाठ , श्राद्द भैरहने सबै भित्र फटाँनी गरेको बस्ती ।बिरगंज नपुग्दै पुर्ब मोहडाबाट भित्र थियो।

तराईको बस्ती धेरैमात्रामा लाम्खुट्टे र गर्मी समयमा असाध्यै गर्मी र जाडोको सितलहर चलेको देखेर कहिले काहीँ आमा वाक्क मान्नु हुन्थ्यो। त्यसो त वाहाँ पाहाडमै जन्मे हुर्किनु भएको हुनाले पनि वाहाँलाई तराई बस्न मन पटक्कै थिएन । बेला -बखत भन्नू हुन्थ्यो बेकारमा पहाड बाट आएको उतै पहाडमा रसिलो पोसिलो हुन्थ्यो ।चिसो हावा पानी आमालाई मधेस खासै फापेको पनि थिएन !आमा बोलेको ठाउँमा बुवाले थप्दै भन्नू हुन्थ्यो अब के गरौ त ?? पुराना गाउँ जान पनि सकिँदैन।बाले सबै दाजुभाइ लाई छोडेर आउनु भयो भएका सम्पती दाजुभाईले बाँडेर खाईसके अब गएर पनि यी नानिलाई कसरी पाल्नु? आमा मौन बस्नु हुन्थ्यो ।

तराईमा धेरै अन्न उत्पादन भएको देखेर मेरा हजुरबालाई तराई झर्न मन लागेछ। छोराछोरी राम्रो पढ्ने अलिकति बाठो, टाठो र पहाडमा भन्दा तराईमा रोजगारी अबसर पनि धेरै पाउने हुनाले पनि, उतै पाहाडकै गाउँ नजिकै काफ्ले बाकै कुरा सुनेर हजुरबुबा त्याहाँ झर्नु भएको थियो ।काफ्ले हजुरबुवा हाम्रा बाबैका दौँतरी ! पनि उमेर लगभग बराबर थियो वहाँहरुको । उनै काफ्ले बा संगै तराईमा बन फाँड्ने देखि हरिद्वार सम्म तिर्थ यात्रामा वाहाँहरुको कयौ पटक संग-संगै ओहोर दोहोर हुन्थ्यो ।

वरिपरि बाहुन बस्ती नजिकै मगरको एउटै मात्र घर थियो । रात परेपछि छोराछोरी बाहिर पठाउनु हुन्न भन्ने कठोर मान्यता स्थापित भएको थियो। कारण मानिसका मनमा डर भरिदै आएको थियो । त्यसमाथि २०४६ पछिको आन्दोलन संगै सुरक्षा चुनौती देशमा थपिएका थिए। भारत बाट भारतीय डाँका सम्म आउने हुनाले साँझ परेपछी नै मान्छेहरु घर बाहिर निस्कन डराउन थाले ।

हजुरबुबा हक्की स्वभाव थियो । तैपनी बुवा भने हजुरबुबाले सोचाई अनुरुप पढ्नु भएन।वाहँको माया स्नेह हामिलाई निरन्तर थियो ।हजुरबाले हामीलाई भन्दा बुवालाई सम्झाउनु हुन्थ्यो हेर तँ धेरै पढिनस तर केटाहरुलाई असल संस्कार र धेरै पढाउनु पर्छ।वहाँको जोड केवल नातिहरुको पढाइमा थियो।बुवाले मुख्य पेशा कृषि नै गर्नु हुन्यो। तराईको जमिन अधिकांसको घर साना भएपनी अहिलेको अनुपातमा प्रसस्त जमिन थियो।हाम्रो परिवार कृषि पेशामा नै आश्रीत भए पनि  परिवार राम्रै चलेको थियो ।

२०४६ को परिबर्तनमा केवल ३/४ बर्षको म सारै चन्चले थिए । र म भन्दा माथी दाइ पनि ।परिवार सानो थियो।कयौ अभाबको बाबजुद सूखी नै थियौ। ।प्रत्यक बर्ष दसै आउने चाड पर्व रमाईलो तराईमा सबै आफ्नै मान्छे जस्ता छिमेकी बस्ती उसैपनी बालापन तर दाजु मात्र १ जना पनि दिदी बहिनी नहुदा जब सधैं तिहार आउँथ्यो तर खल्लो आफ्नो दिदिबहिनी नहुदा असाधै मन रुन्थ्यो।सायद नेपाली समाजमा दिदिबहिनीको छोरिको महत्त्व दर्साउनलाई पनि तिहार भन्ने चाड बनाएको थियो होला ।तर हामीलाई चाहिँ त्यही दिन हाम्रै लागी मात्र दिदिबहिनी नदिएको भनेर दुखी हुनुको विकल्प हामी संग थिएन।

तराईको फाँटमा त्यही मधेसी बस्तिमा हाम्रो बालापन बड्दै थियो हाम्रो भाषाको लवज पुर्ण त भोजपुरी भैसकेको थियो।हामीलाई मामाघर र पहाड घर जाँदा मदेशी आयो भनेर खुब जिस्काउने गर्थे।जस्तो परिभेस उस्तै भाषा हाम्रो गल्ती पक्कै थिएन।२०४९ सालमा भाइ जन्मियो त्यसपछि मेरो कान्छोको दर्जा भने माईलोमा परिणत भयो।६/७ बर्षको बालापन खेल्न कुद्नमा नै मस्त थियो।बर्षामा हिलाम्मे बाटामा साईकल चलाईन्थ्यो स्कुल परिवेश पुर्णत मधेसको थियो। स्कुलमा मास्टरले  नेपालीमा पढाएर भोजपुरीमा उल्था गरिदिनु ।कारण नेपाली कमैले बुझ्ने हुदाँ त्यस्तो समस्या थियो।पछि सम्म मेरो नेपाली भाषा उत्कृष्ट थिएन।

२०५० सालको सुरुवात संगै गाउँमा किसान मज्दुरको आन्दोलनको छुटै लहर थिए। देशमा मदन भन्डारिको बिचारको जनलहर व्यापक थियो।एकपटक बिरगंजमा भएको उनको भाषण सुन्न म पनी गएको थिए उनको भाषाण उनको समर्थनमा बजेका जनलहर र लालिको गडगडाहट आवाज बुलन्द पार्ने सक्ने उनको खुबिको आजपनी लाखौ नेपाली नतमस्तक छन।त्यसै बर्षको जेठ ३ मा उनको चितवनको दाशढुङामा हत्या गरियो खै कस्ले षड्यन्त्र गर्यो होला तर तिनका नामको सराद्दे आजपनी पार्टिमा खाँदै छ्न।त्यस घटनापछी लाखौ नेपाली  जनता निराश भए त्यसैबर्ष टनकपुर सम्झौता थियो।सडकमा बेला बेला आन्दोलन भै रहन्थ्यो बर्षभरी आन्दोलन भै रह्यो देश सान्त थिएन गाउँमा जनता एकीकृत हुने एकले अर्कालाई पार्टिगत रुपमा बिभाजन र मारा मारी चल्न थाल्यो काङ्ग्रेसको सरकारले उधोग निजीकरण गर्यो भनेर बेला बेला मान्छे कराउने गर्थे म भने यो सबै कुराको चासो राख्ने थिएन।किनकी म सानै थिए मलाई राजनीतिक चेनताको ज्ञान त्यति थिएन।

अर्को बर्षको हिउँद लाग्यो तराईको फाँटमा लटरम्म धान फल्थ्यो धेरै कुरामा सुखी नभएपनी तराईको जमिनमा सुनजस्ता पहेँला धान, चना र मुसिरो फल्थ्यो हाम्रो आर्थिक पाटोको पहिलो श्रोत नै त्यही थियो । बुवा आमाको कडा मेहनको साथमा दाईपनी हुनुहुन्थ्यो। म भन्दा जेठो काम गर्न सक्षम मेरो अत्यन्तै सरल स्वभाव थियो । केही दुखका पाहाड थिए होलान् तर तराईको गर्मीमा आमाबुवालाई कडा मेहनत निरन्तर थियो।

कहिले काहीँ असादै टिठलाग्दो गर्मि र जाडोका सितलहरमा हामी कयौं दिन कठ्याङ्रेर सुतेका थियौ।२०५२ पछि बदलिँदो राजनीतिक घटनाक्रममा तराईमा पनि माओवादीले छ्याप्छयाप्ती आफ्नो संगठन बनाएको थियो।बिहान बेलुका खाना खुवाउनु पर्ने घरमा आएर धम्क्याउने ।गर्दा आमाहरु अत्यन्तै डराउनु हुन्त्यो हामी १०/१२ बर्षका केटा केटि राजनीतिक चेतनानै थिएन मेरो ठूलो दाइ अलिक हुर्केको हुनाले दाइलाई माओवादीले लाने कुरा गर्दथे । त्यसै कुराले आमा असाध्यै आत्तिनु हुन्थ्यो त्यही पिरले परिवारको सहमतीमा दाईलाई बिचैमा पढाइ छाड्न लगाएर भारत पठायौं भने गाउँमा हुर्केका युबा देख्न नहुने भएपछि गाउँमा सबैले असुरक्षा महसुस गर्दै बिस्तार मान्छे बसाइँसराइ गर्दै थिए।

त्यसै ताका आमापनि बसाइँसराइ गरेर जाऔं याहाँ नबस्ने भन्नू हुन्थ्यो बुवालाई चाहिँ खै किन हो त्यहीँ ठाउँको मायाँ असाधै थियो । आफू जन्मे हुर्केकोले होला बुवालाई हिड्न पटक्कै मन थिएन ।५७ सालको आसपासमा दाई भारतबाट फर्कनु भयो दाईको बिबहा भयो भाइ सानै थियो घरमा आमा मात्र छोरी मान्छे हुनुहुन्थ्यो भने अब भाउजू पनि आउनु भयो परिवार भित्र खुसी भएपनी घर बाहिर राजनीतिले चौतर्फी असुरक्षित बनाएको थियो बेला बेलामा आउने धम्की र चन्दा आतंकको प्रभाबले मान्छेहरु बिस्तार कोहि हेटौंडा कोहि काठमाडौ जस्ता सहरमा बसाइँसराइ गर्दै थिए।त्यसै बर्ष माओवादीले गाउँनजिकै को प्रहरी चौकीलाई पनि हटाएको थियो त्यसपछि झन चौतर्फी हमला र पाहाडे र मधेसी भनेर जातीयताको बीउ रोपियो हिजो सम्म वैदिक सनातन मान्ने भूगोलले पाहाड र मधेस भएपनी धर्म एउटै थियो खानपिन व्यबहार एकै थियो। जब राजनीतिक आधारमा फुटाईयो र आफ्नै देशको सिमाना भित्र असुरक्षित हुँदै गएका थिए।

माओवादीको द्वन्द चरमतामा प्रबेश गरे संगै २०५८ जेठ १९ शुक्रबार त्यो कालोदिनमा नेपालको सर्बप्रीय राजा बिरेन्द्र शाहाको परिवार सहित नरसंहार हत्या भयो सायद त्यो दिन नरुने नेपाली थिएन ।दिनभर रेडियोमा ती सोक धुन बजेर सबै जीवन नै भाबबिहल थिए । सारा नेपालीको आखाँमा सासुँ थियो आकासमा घना रातो बादल सायद हाम्रो पुस्ताले ती प्रिय राजालाई बिर्सने छैन बिस्मृतक पन्नामा आझ पनि ताजै छ ।भनिन्छ त्यसैदिने नेपालमा राजतन्त्रको अबशान भएको थियो।देशमा द्वन्द चर्किदो थियो ।म कक्षा ९ मा पढ्ने बिद्यार्थी थोरै राजनीतिक चेतना आईसकेको थियो। र त्यतिबेला ब्यबस्था परिबर्तन र के-के भन्थे के रहेछ भनेर आज २० बर्षमा पनि बुझ्न सकेको छैन।

राजाको हत्याभएको नै बर्ष भदौको महिना तराईको खेतहरुका गहराहरुमा धान हरियो थियो आलिहरु भदौरे झरिले हिल्लाम्मे आलि र सडकहरु थिए । आमाहरु बिहान घाँस काट्न जानू भयो।गाँउमा बेला बेला धार्मिक कार्यक्रम भै रहने त्यस दिन घाउँमा श्राद्द थिए ।हामी साईकलमा स्कुल गयौ। त्यो कालो दिन थियो २०५८ साल भदौ २२ गते शुक्रबार।आधा दिन मात्र पढाइ हुने हामी बिहान देखिनै असाध्य खुसी फुरुक्क थियौ । सानो गाउँ कसैको घरमा पनि धार्मिक कार्य र श्राद्दमा बोलाएर गाउँ भरको मान्छेलाई बोलाएर खान दिने चलन थियो।त्यसदिन गाउँमा श्राद्द सकेर उठ्नुभएका न्यौपाने बा हुनुहुन्थ्यो ।हामी श्राद्दको पितृ प्रसाद र खाना खाँदै थियौं ।

अप्रत्याशिक एकहुल मान्छे भाला, खुँडा भरुवा बन्दुक र लाठिसहित गाउँ प्रबेश गरे र श्राद्ध सकेर पिडिमा बसिरहेका ६५/७० बर्षका हजुर बालाई बन्दुकको कुन्दाले रगत ताम्मे हुनेगरी पुट्दै थिए आमाहरुको चीत्कार र क्रन्धन सुन्न सकिने अबस्था थिएन।पाहाडे लोग माओवादी है भन्दै निरन्तर पिट्ने गाउँका आमा दिदिलाई बलात्कार भयो मानौ कुनै कानुन हिन देशमा निर्दालाई हेपिएको जस्तो।कुनै निरीह जिवनमा कुनै मोल र मूल्य हिन जस्तो।जाहाँ कुनै साहारा दिने मान्छे थिएनन् ।११ महिनाको शिशुलाई पनि बल्दै गरेको आगोको लप्कोमा हाल्देको त्यो कारुणिक दृश्य सायदनै शब्दमा व्याख्या गर्न सकिन्छ्।जसरी भुटान बाट जोङ्खाको आक्रमणमा नेपाली भाषी भुटानी लखेटिए हामी पनि त्यस्तै साहारा हिन भएर आफ्नो घर बार खेत गाई बस्तु र जल्दै गरेको घर त्याग गरेर ज्यान जोगाउँदै जंगलको बाटो लाग्यौ।

बुवाको हातमा एउटा खुकुरी थियो १ साहारा हिन मान्छे आफू बाँच्न्नै आफ्ना सन्तानको रक्षाको निमित्त त्यो भन्दा के गर्न सक्छ।आमाको गोडामा चप्पल थिएन भाइ म र गर्भवती भाउजू त्यो बेसाहारा र पल निरीह कानुन न्याय नपाएको देश र राज्य बाट बिस्मृत हुँदै बिस्तार बाटो लाग्दै गयौ।

भाउजू र आमाको आखाँमा आँसु रोकिएको थिएन।गर्बवती भाउजू गर्भमा भएको सन्तानले संसार देखेकै थिएन त्यसैमाथी त्यो बिपत्ति भाउजुलाई आफ्नो ज्यान भन्दा पनि प्यारो त्यो सन्तानको भबिस्यको थियो। जसले यो धर्ती देखेकै थिएन ।भाउजुको मुहारमा एउटै मात्र धेय थियो त्यो हो गर्भको सन्तानलाई यो धर्ती देखाउने। सायद भाउजुको निरन्तर बगेका आँसुले करोडौं प्रश्न यो संसार संग गर्दै थियो। गाउँ छोड्ने बेलामा गाउँका दिदिबहिनी,काकी कसैको हातमा चुरा सम्म थिएन्न सबै फुटेका थिए अनुहार भरी चोट थियो। मानौ त्यो कारुणिक दृश्य कुनै काल्पनिक हलिउडका चलचित्रको कथा जस्तो तर यो सबै यथार्थमा हामी माथि परेको बज्र थियो।

गाउँको कसैले पनि आफ्ना सबै बस्तु खाद्यान्न निकाल्न सकेको थिएन्न।निकाल्नु अगि सबै लुटिएको थियो । घर जलाईएको थियो।हामी जंगलको ओझेल पर्दा सम्म कयौंको घरबाट आगोको लप्का बलिरहेको थियो सयौ केटा केटिको असीमित च्चिच्याहट मानौ ती निरिह प्राणि साहारा बिहिन भएर पसु झै आफ्ना गन्तव्य लाग्न बिबस भए।

साझ परिसकेको थियो बुवाको मुहारमा निरासाका दाग प्रस्ट थियो मुख भरि चोट थियो। बुबाको आखाँमा उतिकै आसुँ थिए फरक यति थियो आमाको आखाँमा झै झरेका थिएनन् ।निसब्द भाइ र मलाई हेरिरहनु भएको थियो। आमाका आँसुले आफ्नै कपडा भिजेको थियो बुवाले आमा संग हिम्मत नहार बाँचिए छ भने रुखमुनी लगेर पाल्छु भनेको शब्द मलाई आज पनि याद आउँछ।

बिचरी भाउजू दाजु प्रदेश लागि सक्नु भएको थियो । आजको जस्तो फोन सुबिधा थिएन घटनाको राती हिडेर जंगलको बाटो हामी अनिश्चित गन्तव्यमा कसैलाई पनि बाँचौला भन्ने आस थिएन ।गन्तव्य हिन भेएर निस्केका थियौ केही कसैसंग खाना थिएन जंगलको बाटो न प्रसासन न पुलीस पर्सा बन्यजन्तु आरक्षणको मध्याबर्ती क्षेत्र हुँदै ३० घन्टाको निरन्तर हिडाई पछि बल्ल बल्ल पथलैया प्रहरी चौकिमा पुगेर उजुरी दियौ।तर सुनुवाइ खासै भएन माओवादिको द्वन्दले प्रहरी गाउँजाने अबस्थानै छैन भन्दै टारियो न्याय पाईएन न्याय मारिएको थियो।

प्रशासन बाट न्याय नपाएपछि त्यसै ठाउँमा फर्केर जाने अबस्था थिएन ।तत्कालीन बिज्ञान प्रबिधि मन्त्री र सहायक मन्त्रीको प्रत्येकक्ष निर्देशनमा भएको घटना थियो ।तत्कालीन काङ्ग्रेस सरकारमा थियो।तर हामीले न्याय प्राप्त गरेनौं ।यसरी न्याय बिनानै सम्पुर्ण आफ्नो जायजेथा छाडेर चितवन लाग्यौ।

त्यो संघर्षपुर्ण जिबन यात्रा र गरिबीले फेरी हामी चपेटामा पर्यो सुन्यतामा आएर फेरि जीवन सुरुगर्नुको पीडा हामी जस्ता लाखौ द्वन्द्व पिडितको छ। त्यही द्वन्द्वले मजास्ता ७० लाख युबालाई मुलुक बाहिर पठाईयो आज घर परिवार समाजबाट टाढा मरुभूमा भाग्य र भबिस्य र नपाईएको न्याय खोज्दै छु।आजैको दिन

२०५८/५/२२

कुस्काखर अधिकारी

UAE dubai


YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?