YOUR AD HERE
एकताले दिएको उत्साह र विवादले निम्त्याएको निराशा
558
like
Madhav Joshi
Kathmandu, Bagmati, Nepal

माधव जोशी

नेपाली कम्युनिष्ट आन्दोलनमा फुट र जुटको सबैभन्दा बढी चर्चा हुने गर्छ ।सैद्धान्तिक रूपमा मूलतः एकै ठाउँमा भेट्ने कम्युनिष्टहरू सत्ता र पार्टी नेतृत्व विवादले फुट्ने गरेको इतिहास छ । विगतदेखि प्रजातान्त्रिक शक्तिको तुलनामा वाम शक्तिबीच फुटको श्रृंखला निकै रोचक छ। कम्युनिस्ट शब्द नेपाली राजनीतिको एउटा लोकप्रिय ब्राण्ड बनेको छ। यो ब्राण्ड प्रति अति आकर्षण पैदा भएको दक्षिण एसियाको एकमात्र देश नेपाल हो। झन्डै ७० वर्षको इतिहास हेर्दा यस्तैमा व्यस्त देखिएका कम्युनिष्टहरू अहिले आएर परिवर्तनशील भएका छन्।

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति र सशस्त्र युद्धको मोर्चाको पृष्ठभूमि बाेकेका दुई ठूला कम्युनिष्ट पार्टीको एकता विश्व केन्द्रित बनेको थियो।

संविधान जारी भएपछि पहिलो संसदीय निर्वाचनको ताजा जनादेशबाट तेस्रो ठूलो राजनीतिक शक्तिमा उदय भएका यी दुई कम्युनिष्ट पार्टी बीचको एकता हुन नदिन आन्तरिक र बाह्य शक्तिले ठूलो कसरत गरिरहेका थिए । तर, त्यसै बावजुद पनि एकता भयो। एकताको उद्देश्य राजनीतिक स्थायित्व आर्थिक समृद्धि र एकीकृत कम्युनिष्ट पार्टी निर्माण जस्ता आकर्षक नारा थिए । एकता प्रक्रिया घोषणा गर्दा आफ्नो अभिव्यक्ति दिदै अध्यक्ष ओलीले यो एकता केवल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरू पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएर झै हेर्दा हेर्दै एमाले र माओवादी केन्द्रको विघटनसँग नयाँ पार्टीमा रूपान्तरित भएको बताउनुभएको थियो ।

अर्का अध्यक्ष प्रचण्डले आजको एकता आफूहरूले वलिदानको उपज भएको र यस घटनालाई ऐतिहासिक फड्कोका रूपमा लिनुपर्ने धारणा राख्नुभएको थियो ।

माधव नेपालले दुःखले आर्ज्याकाे एकता होइन भन्दा दुवै दलको ऐतिहासिक विकासक्रम र श्रृंखलाको स्मरण गराउनुभएको थियो । तर यो भाषणमा मात्र सिमित भएको छ । समाजलाई नयाँ समाजमा परिवर्तन गर्नु एक निकै गौरवशाली तर ज्यादै बाेझिलो कार्य पनि हो । यसको मुख्य काम प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको हो र अरू नेताहरूको पनि त्यति नै जिम्मेवारी हो । यो जटिल दीर्घकालीन र कठिन सङघर्ष पनि हो । बलियो र क्षमतावान मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बाेकेर एउटा कुशल र लामो यात्रा गर्न सक्छ ।

नेपाली जनता सुखी नेपालीको समृद्धि नेपालको यात्रामा हुनुहुन्छ ।आगामी तीन दशकमा नेपाल समृद्ध मुलुक बन्न सक्ने आधार बन्दै गएको भएपनि ठूलो प्राकृतिक प्रकोप वातावरणीय परिवर्तन र महामारीहरू समृद्धिको अवरोध पनि बन्न सक्छन् ।

विश्वमा यस्तो महामारी परेको छ त्यसबाट अछुत रहन नेपालले पनि सकेको छैन । यस्तो कोरोनाको कहरमा कसरी जनतालाई सेवा सुविधा छिटो छरितो र सुलभ तरिकाले उपलब्ध गराउने भन्ने बेला नेताहरू कुर्सी केन्द्र भएका छन्। संगठनात्मक व्यवस्थापनको हिसाबले नेपालकै सबैभन्दा राम्रो पार्टी नेकपा एमाले थियो । यसको मुख्य कारण थियो-जनताको बहुदलीय जनवादबाट सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा मदन भण्डारीको जीवनका लागि सिद्धान्त हुनुपर्छ, सिद्धान्तका लागि जीवन होइन भन्ने मर्म । मदन भण्डारीले यो कुरा मानव जीवनका सन्दर्भमा भनेका थिए। त्यसैले गर्दा पनि २०५१ सालको पहिलो र ९ महिने कम्युनिष्ट सरकार लोकप्रिय बनेको थियो । त्यसो त नेकपाको अहिलेको सरकार पनि जनताबीच अलोकप्रिय होइन ।

हाम्रो युग सभ्य क्रान्तिकारी युग हो । त्यसैले सबै काममा समूहमा समाज शक्ति र समाजवादमाथि झन् बढी भरोसा राख्नु पर्छ । सरकारलाई पनि लोकप्रिय बनाउनु पर्छ सरकारको राम्रो कामको प्रचारप्रसार पनि गर्नुपर्छ र नराम्रो कामको आलोचना पनि गर्नुपर्छ । सरकार पनि जनताप्रति जवाफदेहिता निष्पक्षता र पारदर्शिता हुनुपर्छ।

तर दुर्भाग्य अहिले धेरैको ध्येय-विकास निर्माणमा रचनात्मक सहयोग पुर्‍याउदै समृद्ध न्यायपूर्ण र आधुनिक राष्ट्र निर्माणमा योगदान पुर्‍याउन छोडेर कसरी आफू कुर्सी प्राप्त गरौं भन्ने छ । सत्तारुढ नेताहरुबाटै लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिको हिमायतीको समाज परिवर्तनमा मानवअधिकार सुशासन र विकासका लागि सहयोग पुर्‍याउने सरकारले गरेका कामको प्रचारप्रसार भएको छैन । अर्को कुरा भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने बेला कता अल्झिरहेको छ सरकार ?

आफ्नो कमीकमजोरी स्वीकार गरौं आफूलाई सर्वश्रेष्ठ नठानौं 

अहिले दुई पक्षबीच चरम तिक्तता अविश्वास र मतभेद बढेको छ। बितेको एक महिनाको अवश्थालाई हेर्ने हो भने पार्टी एकता दुई वर्ष पुग्दानपुग्दै दोबाटोमा उभिएको छ, दुई अध्यक्ष ओली र प्रचण्डमा शक्ति संघर्षले उग्ररूप लिएको छ। शक्ति वि केन्द्रित होइन केन्द्रित गरिरहेका छन् । जसरी पार्टी एकीकरण हुँदा जनतामा उत्साहा थियो,जस्तो जनतामा आशा थियो । त्यही नेपाली जनताले बुझ्ने एउटा सुवर्ण अवसर पनि प्राप्त गरेका छन्, जसलाई पनि शक्ति र सत्ता चाहिने रहेछ भनेर। दुई पक्षबीच चरम तिक्तता अविश्वास र मतभेद बढेको छ। बितेको एक महिनाको अवस्थालाई हेर्ने हो भने पार्टी एकता दुई वर्ष पुग्दा नपुग्दै दोबाटोमा उभिएको छ । दुई अध्यक्ष ओली र प्रचण्डमा शक्ति संघर्षले उग्ररूप लिएको छ। शक्ति विकेन्द्रित होइन केन्द्रित गरिरहेका छन् ।

पार्टी व्यक्तिवाद गुटबन्दी हाेइन । मार्क्सवाद र पार्टीको घोषित सिद्धान्ततर्फ फर्काउनुपर्छ त्यसका आधारमा लाखौं सदस्य समर्थक शुभचिन्तकको बीचमा एकता स्थापित गर्नुपर्छ। सबै नागरिकको भविष्य निर्माणको आशा जागृत गराउनुपर्छ, राष्ट्रिय एकतालाई बलियो र स्थिर बनाउनुपर्छ । सबै पार्टीसँग लोकतान्त्रिक सम्बन्ध आधारमा न्यूनतम राष्ट्रिय सहमति मात्र होइन आफ्नो भूमि पनि फिर्ता ल्याउनु पर्छ । नागरिकका मागप्रति सरकारलाई सहिष्णु र सहानुभूतिशील पनि बनाउनुपर्छ।

देश विकासमा राजनीतिको महत्त्वपूर्ण भूमिका रहन्छ । देशको विविध पक्षको विकास सँगसँगै युवाहरूको विकास हुनु पनि विकास चरणको मुख्य खुड्किलो मानिन्छ । तर नेता उत्पादनको कारखाना मानिने अनेरास्ववियुको एकता प्रक्रिया कता अल्झिरहेको छ ? यसले गर्दा भविष्य के हो र के हुने हो भन्ने चिन्ता पनि त्यति नै छ । समयमा नै महाधिवेशन नहुँदा पार्टी एकताले गर्दा पार्टीमा काम गर्नुपर्ने मान्छे अहिले ३०/३१ वर्षका युवा नेताले क्याम्पस कमिटीको नेतृत्व गर्नु परेको छ । कति वर्षको उमेरमा अखिलको नेतृत्व गरिन्छ र देशको भविष्य के हुन्छ ? भन्ने अलमलले आजका नयाँ पुस्ताका युवा र शिक्षित जमातमा राजनीतिमा लाग्ने मोह कम भएको छ । हिजो देखिको राजनीतिक संस्कार वा पद्धतिको निरन्तरता, राजनीतिप्रति युवा आकर्षण र राजनीति प्रति नेपाली समाजको बझाइ पनि त्यति सकारात्मक छैन ।अस्तित्वमा रहेका राजनीतिक आरक्षणमा मौलाएको गुन्डागर्दी भ्रष्टाचार र ठेकेदारी, सरूवा बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षण जस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिमा दिन प्रतिदिन वितृष्णा फैलाइराखेको छ।

परिणामस्वरूप देश निर्माणका खम्बा युवा र शिक्षित वर्ग आज राजनीतिक चासो र उपस्थितिमा पर छन्। यस्ता युवालाई कसरी आकर्षण गर्ने ? भन्ने चासोको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले मुख्य विषयको रूपमा लिनुपर्छ ।

समाज विकास निरन्तर गतिमा चलिरहेको छ,क्षणक्षणमा समाज रूपान्तरण भएको पनि छ, समाज रूपान्तरणसँगै समाजका अवयव पनि बदलिएका छन् । समाज बदल्ने साधन राजनीति पनि बदलिनु पर्छ युवाहरूको हातमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ।

यसरी राजनीतिक दर्शनले समयको गति पक्रन सकेका कारण छिमेकी देश चिन र भारत आज विश्व आर्थिक बजारमा आफूलाई गतिलो रूपमा स्थापति गर्न सकेका छन्। सिरानीमा उच्च शिक्षा अध्ययनको प्रमाणपत्र राखेर हजारौं ऊर्जाशील, गतिशील, श्रमशील युवाविना के देशमा समृद्धि आउन सम्भव छ ?

लेखक शंकर देब क्याम्पसका अनेरास्ववियूका नेता हुन। source https://www.janatasamachar.com/2020/09/210808#.X1DVo1IWEFg.messenger

YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?