YOUR AD HERE
सनातन धर्मको  जागरण र पुनरुथान .कसरी ??
3446
like
prayash raj khanal
Hetauda, Narayani, Nepal

सनातन धर्मको जागरण र पुनरुथान .कसरी ??

सृष्टिको अनादी कालदेखी चलेको हाम्रो वैदिक

सनातन धर्म ,परम्परा , र संस्कृति आज सम्म पनि चलिनै रहेको छ। हाम्रो धर्मसंस्कृति पहिले पनि थियो ! आज पनि छ,र भबिस्यमा रहि रहने पनि छ।त्यसैलेनै हामी हाम्रो धर्मलाई सनातन हिन्दू पनि भन्दछौ ।जो हमेसा थियो र रहिरहने छ। सनातन धर्म जो कहिले प्राकृत रुपमा बद्लिदैन र हाम्रो जिवनको आधार पनि त्यहि हो। जसमा मान्छे , जिबजन्तु, पन्छी तथा यो संसार एबं जिबाआत्मा र पर्मात्मा पनि सनातन धर्मबाट संचालित छ्न। त्यसैकै अंशले आज सम्म यो धरा(संसार) चलेको बिधिबत यथार्थ पनि हो । सनातन धर्म आफैमा कानुन र बिधान हो।हाम्रो धर्मले कसैलाई पक्षपात गर्दैन।यो नै सनातन हिन्दू धर्मको उत्कृष्ट व्यबहार हो। र मुख्य विशेषता पनि ।त्यसैले पनि सनातन धर्मलाई मानव अस्तित्वको धर्म भनिन्छ।संसारको नियमलाई लिएर हिड्ने वैदिक सनातन धर्मले नै मुल नियमको नेतृत्व गर्दछ। यहि मुल कानुन नै हाम्रो संस्कृतीक आधारले समाजलाई बाँधेको छ ।जसमा सृष्टिको यस्तो नियम जसलाई हामी सम्पुर्ण मानिस र चराचर जगतलाई सुख, शान्तिपुर्बक सजिलै चलाउन सिकाउछ। त्यो नै बैद्दिक सनातन धर्मको मुल मर्म हो। जब सम्म यसको सहि अर्थमा यसलाई मान्यतामा राख्दैनौ यसभित्रका बिज्ञान बुज्दैनौ ,तब सम्म तपाई, हाम्रो जिन्दगी सहि मार्गमा चल्न सक्दैन । भातृत्व,भाईचारा एबं बिस्वबन्दुत्व नै सनातन हिन्दू धर्म संस्कृतीको मुल खम्बा हो ।यसले हामीलाई यहि सिकाउँछ ।यो कसैलाई जबर्जस्ती थुपारिएको नियम, कानुन र परिधी हैन शास्वद सत्य र जिबनको अस्तित्वको आधार पनि हो ।

यदि संसारमा सनातन संस्कृति ,नितीको जब उलंघन गरिन्छ। त्यसैबाट पनि सम्पुर्ण मानब जगतको पिडादाई यात्रा सुरु हुन्छ।यदि यो नियम पालना गरिएन भने पक्कै पनि समाज छिन्न भिन्न हुन्छ ।आज संसरमा भएका अनेकौं धर्म भित्र,आफ्नै जातिभित्रको धार्मिक लडाइँ प्रसस्त उदाहरण छ्न तर ईतिहास देखि आज सम्म वैदिक सनातन हिन्दू धर्मभित्र त्यो कहिले पनि हुदैन र भएको छैन । आज संसारमा जति देश हरुछ्न ती सबै प्राचीन वैदिक संस्कृतिको आधारबाट चलेको छ ।फरक यति छ हाम्रै वैदिक संकृतीलाई केही पाखन्डिहरुले आफ्नो बितर्क र कुतर्कले आफ्नो मनोमानी चित्रण गरेर अरुनै रुपमा स्थापित गराए।फलस्वरूप आफ्नै सम्प्रदाय भित्र आजका मानिस नरसंहार गर्न पछि परेको छैन् ।

नेपाल बहु -भाषिक बहु-संस्कृतिक देश हो।याहाँ बहुसंख्यक हिन्दु सनातनी साथै बौद्ध,किरात,जैन,बोन जस्ता ॐकार परिवारका धर्म र विशेषता पाईन्छ । तर केही दशक बाट विभिन्न बिधर्मी र फुटकारी तत्वले विभिन्न प्रकारले बिभाजन,उपेक्षा,कु-प्रचार र अतिक्रमको चपेटामा पर्दै आएको छ। वैदिक धर्मको अस्तित्व समाप्त पार्नु र सधाँको लागी नेपाल जस्तो देशलाई दास्वतको भुमरीमा फसाउनु मात्र यिनीहरुको मुख्य उदेश्य हैन। कि समग्र नेपाल र नेपालीको अस्तित्व नै संकटमा पार्नेगरी मिलेर बसेको समाज नै छिन्न - भिन्न पार्नु पनि हो।

हाम्रो सनातन धर्मको अस्तित्व मेट्ने कार्यको सुरुवात भने नेपालमा २०३१ सालको नेपाली शिक्षा प्रणाली अत्यगरी बिदेशी बिधर्मी अरास्ट्रीय शिक्षा नीति बनाउनेहरु बाट औपचारिक रुपमा सुरुवात गरिएको हो। यसरी बिदेशीहरुको चलखेल र चंगुलबाट हाम्रो धर्मप्रतिको बिचलन सुरुवात भयो र आज आम युबा पिढि र नागरिकमा सनातन मूल्य मान्यता नैतिकता, रास्ट्रीयताको अत्याधिक खडेरी परेको तितो यथार्थ हामी माझ बिधितै छ।

कुनैबेला अबिछिन्न रहेको हाम्रो सनातन हिन्दु धर्मलाई गएको ४० बर्षमा अत्याधिक, सम्प्रदाय ,जात , बर्ण र बर्गमा बिभाजनको आधारमा राजनीति र मागी खाने भाँडो बनाईयो ,आफ्ना मौलिक संस्कृती प्रतिको बितृस्णा फैलाउनलाई ठुलै चाल चलियो, कुनै समय पृथ्वीनारायण शाहले गोर्खा साम्राज्य भित्र जासुसी गरेकोले पस्चिमी ईसाई पादरिलाई ४ भञ्ज्याङ् कटाएका थिए ।आज हाम्रो राजनीति ,भाषा संस्कृति , पुस्तकको छपाई र सर्बत्र क्षेत्रमा उनीहरुको ईसारा र बोलवाला चल्छ।किन ईतिहासमा हामी यति धेरै निरीह पारियो भन्ने मुल प्रश्न आज नेपाली समाजले खोजीरहेको छ।

कुनै बेला साँचो मानेमा हिन्दुस्थान बनाउन लागिपरेका रास्ट्रनिर्माता पृथ्वीनारायण शाहाले बिधर्मिको चाललाई बुझेर उनीहरुलाई तत्कालीन गोर्खा सम्राज्यबाट मात्र निकालेनन् । आफु राजाकाज समाल्ने अबधि सम्म कहिले उनीहरुले षड्यन्त्र गर्ने हिम्मत गरेनन् ।

त्यसको बदला स्वरुप उनको(पृथ्वीनारायण शाह) ईतिहास उनैले पादरीले राजनीतिक प्रतिसोध र अपब्याख्यामा लेखिदिए ।आज त्यसैको अपब्याक्या स्वरुप उनलाई दुत्कार्ने धेरै भेटिन्छन् ।।तत्कालीन अबस्थामा जोगाएको नेपाली वैदेशिक सनातन धर्मको ईतिहासलाई अबको युबा र धार्मिक ब्यक्तीले पुनर्जागरण र पुनरुथान गर्नु को विकल्प छैन।

##कसरी योजना बद्द वैदेशिक सनातन हिन्दु धर्मलाई सखाप पारियो!

(१) बिदेशी शिक्षा नीति लागू गरेर।

(२)विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी शक्तिको(NGO /INGO पैसाको प्रभाब पारेर।

(३)सनातन धर्मको पाठ्यक्रममा बिमुख गराएर।

(४)रामायण, भागवत गिता, बेद लगाएत हाम्रो बैदिक पुस्तक अध्यन अनुसन्धान गर्न नदिएर अथवा त्यसको उपयोगीता छैन भन्ने प्रभाबमा पारेर ।

(५)बिदेशी बिधर्मिको भाषा बोलेमात्र ठुलो भाईन्छ भन्ने मासिकक्ता बनाउन लगाएर!

(६)राज्य संचालनमा भएका मानिसनै स्वधर्म संस्कृती मेटाउन लागि परेर।

(७)हाम्रो पहिचान र रास्ट्रीयता हाम्रो अभिन्न अंग हो भन्ने कुरामा बिमुख पारेर

(८)स्थानीय मौलिक धर्मलाई अतिरन्जना पारेर वैदिक धर्म प्रती बितृणा पैदा गराएर ।आदि।

(९)हुँदै नभएको जातीयता घोलेर सनातन हिन्दु धर्म प्रतिको नकारात्मकता फैलाएर।

(१०)धर्म परिवर्तन गरे रोग निको हुने र छिटै धनी हुने भ्रमपुर्ण कुरालाई समाजमा स्थपित गरेर।

(११)जबर्जस्त धर्म परिबर्तन र वैवाहिक धर्म परिबर्तन गराएर ।

## समाधानको उपाय

(१)जातीयता सम्प्रदाय र जातीयताको आधारमा हुने भेदभाव हटाएर !

(२)अन्दबिस्वास र अबुझ भएर गरिको परिवर्तनलाई हाम्रो सनातन धर्मको बास्तबिकता बुझाएर स्वधर्ममा फर्काउने र धार्मान्तरण रोक्ने !

(३)आफ्ना सन्तानलाई अनिवार्य भागवत गिता लगाएतका सनातन धर्मका धार्मिक पुस्तक पढाउन प्रेरित गर्ने।

(४)सरकार संग हाम्रो अब्यबहारिक र रास्ट्रहित बिपरितका पाढ्य सामाग्री परिवर्तन गराउन लगाउने।

(५)धर्मातरण समन्धमा कडा कानुनको माग गर्ने।

(६)संविधान तह जनजाती, मंगोल र खस आर्य भनेर जातीय बिभाजन गरिएको छ त्यसलाई हटाउने

(८)स्वधर्मको बैज्ञानिकि करणको यथार्थलाई युबा र अबको पुस्तालाई प्रदान गर्ने।

(९)कुल तथा पन्डितहरुले स्वधर्म जोगाउन ईमानदार संग आफ्नो वैदिक कार्य गर्न लगाउने तिनलाई १ सुत्रमाबाँध्ने र जिम्मेवार बनाउने ।

(१०)समग्र ईमानदार वैदिक सनातनी धार्मिक संगठनहरुमा एकता गर्ने ।

(११)सनातन हिन्दू धर्ममा भएका कुरिती हटाउन सुरुवात गर्ने।

(१३)हाम्रा स्थानीय धर्म (हिन्दू, बौद्ध,जैन,बोन, किरात)ॐकार परिवारलाई एकीकृत रुपमा एकले अर्कोको अस्तित्व जोगाउन प्रयास गर्ने ।

यसरी समग्रतालाई अध्यन गरेर अगाडि बड्दा हाम्रो सनातन धर्म जोगिन्छ र पिडि दर पिडिलाई ईमानदार संग वैदिक ज्ञानले निपुर्ण पुस्ता हस्तान्तरण गर्न सकिन्छ।हामी भित्रका हिनता र धर्म भनेको कमाई खाने भाँडो बनाएको हरुबाट सजक भैइ  यस्ता नकारात्मक कुरा जरै बाट निकाल्न आबस्यक छ। यसरी सकारात्मकता संग वैदिक ज्ञानलाई पुनर्जागरण गरिए मात्र हाम्रो रास्ट्रीय एकाता पनि सबल बन्ने छ र अबको पुस्ता पनि पुर्ण वैदिक धर्मको ज्ञाता बनेर बिस्वबन्दुत्वलाई दृष्टि प्रदान गर्न सक्दछ।

YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?