YOUR AD HERE
३ हजार बोकेर गायक बन्ने सपना पुरा गर्न काठमाडौं छिरेका किरण भुजेल
2844
like
Damodar Phuyal
Kathmandu, Bagmati, Nepal

नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करणको अन्तिम चरणमा पुगेको छ । एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको तेस्रो सिजनमा रण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेदवाल टप तीनमा आइपुगेका छन । अन्तिम ४ बाट चितवनका केबिन ग्लान तामाङ्ग ो यात्रा टुङ्गाएसँगै अब आइडल फाइनलमा प्रवेश गरेको छ । कोरोना भयावहका कारण लामोसमय स्थगित भएको नेपाल आइडल फाइनल आगामी शुक्रवार हने भएको छ । तिनजना प्रतिष्प्रधी मध्ये किरण भुजेल समेत एक दाबेदार हुन ।

उनि भन्छन “अडिसनमा गाएको पहिलो गित ‘तिम्रो आँखामा आँशु हेरी हास्ने दिन देखीको अन्तिम गीत सुन साईली’ सम्म आइपुग्दा आफुलाई निकै नै फरक पाएको छु । नेपाल आइडलले दिएको यो प्ल्याटफम जसले मलाई आफ्नो पहिचान दियो । पहिले साधारण पहिचान भएको किरण भुजेललाई अहिले हजारौं लाखौँ नेपाली जनताले माया गरिदिनु भाको छ उहाँहरुको मन जित्न सफल हुँदा साँच्चै नै खुशी लाग्छ । ”

उनि विगत सम्झदै भन्छन ः “आइडलबाट बाहिरको कुरा गर्दा पहिले मलाई अझै याद छ, कि मैले आफ्नै लगानीमा गित निकालेको बेला थियो धेरै साथिहरुले सकारात्मक प्रतिक्रिया दिनुभयो खुशी लाग्थ्यो तर त्यतिबेला मेरो गीतले राम्रो बजार पाँउन सकेको थिएन । कपियले त म सांगीतिक यात्राको लागि तयार नरहेको समेत प्रतिकृया दिएपनी मेहेनत गर्न कहिल्यै छोडिन । आज तेही मेहनतको फल पाईरहेको छु”

गायक भुजेल २०६५ सालमा एसएलसी सकेर गायक बन्ने सपना बोकी गोजिमा जम्मा ३ हजार बोकी काठमाडौं आएको थिए । संगीत विषय पढ्न ललितकला क्याम्पस भर्ना भई बाँकी समय शास्त्रीय संगीतका प्रखर गुरु शिवराज पौडेलको सामिप्यमा बसेर शास्त्रीय संगीत सिक्थे । काठमाडौंमा विधार्थी जीवन, एक सामान्य परिवार र आफ्नो सपनाको सार्थकताको बीचको भागमा उभिँदा कति सम्म संघर्ष र त्यागको भोगाई छ उहाँसंग । संगीत सिक्ने क्रममा गुरुकोमा जान गाडी भाँडा तिर्ने पैसा समेत नहुँदा धेरै हिडेर खाजा समेत नखाइ पनि गएको छु । उनी भन्छन् ।

नेपाल आइडलमा सशक्त प्रस्तुती दिई टप–३ (फाइनल) मा आएका किरण भुजेल एक अती नै संघर्षको घेराबाट आएका हुन । महोत्तरी जिल्लाको बर्दिबास अन्तरगत पर्ने गडन्त जन्मेका किरण बाल्यकालबाटै संगीतमा रुचि राख्ने र गाउने गर्थे ।सानो उमेरबाट नै स्कुलका शिक्षकहरु साथीभाई अनि आफन्तजनले पनि राम्रो गाउँछ्स गायक बन्नु पर्छ भन्थे । बिस्तारै आफु संगीतमा अब्बल हुन थालेपछी काठमान्डौंका प्राइभेट स्कुलमा संगीत विषय पढाउन थाले र साँझ होटेलहरुमा गीत गाउन थाले । आइडल आउनु अघि पनि निक्कै गित गाएको छु तर ति गानाहरुलाई खास्सै राम्रो सांगीतिक चिनारी खासै दिन भने सकिन । उनले भने । आफुलाई प्रमाणित गर्न संगीतकारकोमा धाए, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा ,भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो मा नेपालबाट छनौट भएर भारत सम्म गए १ निकै गलेको आवजमा उनले सुनाए । एकपटक यो सब छाडेर पैसा कमाउन बिदेश जान्छु भन्दा साथी प्रेम घिमिरे, दिनेश न्यौपानेले मलाई रोके । उनको अन्तिम प्रस्तुती सुन साईँली बोलको गीतलाई सम्झदैँ भने प्रवासमा रहेका लाखौँ नेपाली माँझ आफ्नै पीडा जस्तो लागेर उनले गाएको थिए त्यो गित र निक्कै भावुक पनि भएको थिए त्यस क्षण ।

टप ७ बाट कम भोट प्राप्त हुँदा यही सिजनमा एकपटक आउट भइसकेका किरण पुनः वाइल कार्ड इन्ट्रि मार्फत कार्यक्रममा प्रवेश गरेका थिए । अहिले उनै किरणले टप(४ र ३ मा प्रवेश गर्दा सर्वाधिक भोट ल्याएका थिए । अभाव, संघर्ष र दृढ संकल्प सहितको सपनाको बिचबाट आफुलाई सम्हाल्दै , मिहेनत र प्रयासपछि अहिले किरण नेपाल आइडल सिजन(३ को फाइनल चरणमा छन । उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन । नेपाल आइडल सिजन ३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन् । फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गर्नका लागि पनि उनले अनुरोध गरेका छन् ।

साभार: https://radiotamor.com/news-details/3750/2020-08-23?fbclid=IwAR0IAYwrxMidRf0Do8-MDB-yEYTD1uuljy9tcYkgh6x3RQWueH6HqGb9cVk

YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?