YOUR AD HERE
उत्सब जन्म कि मृतुको
3371
like
Sandip Neaupane
Hetauda, Narayani, Nepal

जन्मदिबस भनेर बर्षमा एकपटक सबैले मान्दछन् । मलाई जन्म दिन भनेर मान्न मैले भोगेको र सिकेको दर्शनले स्विकार गरेन तथापी फेसबुकको टाइमलाइन र म्यासेज बक्समा जन्म दिनको शुभकामना, आउँदा दिनको खुसीको कामना, कसैले जन्म दिबसको कार्डहरु पठाएको कसैले अत्यन्त प्रेमल शब्दहरुमा सम्बोधन गरेको । म प्रायजसो जन्मदिन भन्न त्यती नरुचाउने भएर अन्य नरनाता, आफन्तलाई शभकामना दिन पनि उती रुचाउदिन । मैले दिएको जन्मदिनको शुभकामनाले सबैको मानसपटलमा छालहरु पैदा गर्दछ । मैले मेरो भाउजुलाइृ पनि शुभकामना दिदा मर्नुपर्दछ भन्ने कुरा याद गर्नुस यहिनै मेरो जन्म दिनको शुभकामना भनेको थिए । साथीहरुलाई उतीसारो शुभकामना दिन्न दिए भने गाली खाइहाल्छु । जन्म त जुन दिन भयो त्यसै दिन गयो अब आउदै गरेको मृतु कसरी सार्थक बनाएर यस शरिरलाई बिदाई गर्ने भन्ने कुरा मुख्य कुरा हो त्यसकारण मलाई जन्म दिन भन्दा पनि मुतुको तयारी दिबस भन्नु उचित लाग्दछ । मैले यस्तो व्यक्तिगत अभिब्यक्ती दिदा मान्यजन लगायत अन्य ब्यक्तित्वहरुले त्यत्ती स्वभाबिक मान्दैनन् । हुनत सबैको सामाजिकिकरण एकै हुन्छ भन्ने पनि त छैन । म आज एकपटक अत्यन्त भावुक भए सवै जना मलाई जन्म उत्सबको शुभकामना प्रेशित गरिरहनु भएको थियो जवकी मैले कसैलाई उक्त दिबसहरुमा शुभकामना पठाएको छु । सामाजिक सञ्जाल फेसबुक मार्फतबाट मलाई सबैले शुभकामना पठाइरहँदा मलाई आउँदै गरेको मृतुको बोधले झन बढि अंकमाल ग¥यो । शरिरको मुतु भन्ने कुरा अवश्य पनि कठिन मानिन्छ तर मलाई साँच्चै मृतु पनि प्रिय लाग्छ । अब मैले मृतुलाई पनि प्रेम गर्ने अभिप्साको जागृती भएको जस्तो लाग्छ । हुनत जन्ममा पनि मेरो होस थिएन तर आँउदै गरेको मेरो मृतु होसपुर्ण हुन सकोस भन्ने आशा हो । कसैले मृतुमा पनि होश भन्दा नपत्याउनु होला । अबश्य पनि मृतुमा मेरो होसले काम ग¥यो भने जिवन सार्थक रहनेछ यो शाश्वतले भरिपुर्ण मण्डलमा प्रबेश पाउनेछु । यो श्वैरकल्पना होइन यो शुकरातले भन्ने गरेको उत्सबपुर्ण मृतु हो । जहाँबाट न जन्म हुनेछ न मृतु हुनेछ । हो, म त्यही मृतु खोज्न आएको मान्छे तपाँई सारा मलाई जन्मदिनको शुभकामना दिनुहुन्छ । शुभकामनाले आउँदो समयलाई लक्षित गर्छ भने मलाई होसपुर्वक मृतुको आशिष सबैबाट प्राप्त हुँदा म कृत्घन हुनेछु । जन्म र मृतु दुबै मानवले नदेखेको भनि बिबेचना गरिन्छ तर जस्ले देख्यो उस्ले यो सूचना दिदा सभ्य भनिएका हामी मानबको मानसपटलमा त्यस्ता ब्यक्तिलाई बिभिन्न उपमा दिइन्छ । त्यस्ता जिवन सिकाउन आएका भनौ जन्म र मृतु सिकाउन आएको कोहि जिससलाई किला ठोकिन्छ, कोहि शुकरातलाई बिष खुवाइन्छ, कोहि शिक्ख गुरुहरुलाई मृतुदण्ड दिइन्छ । त्यसैकारण जनम र मृतु जान्नेहरु मौन छन् । जन्म र मृतु देखेको अनुभुती बताउँदा सभ्य भनिएका हामी त्यस्ता शिखर एवं प्रज्ञा पुरुषको हत्या गर्न पछि पर्दैनौ । हो, सुतेको बेलामा कोहि जागेको ब्यक्तिले बोलाउदा अबश्य पनि पीडा भएको । हामीलाई सुतिरहन प्रिय लागेको छ जस्ले सुताउने मन्त्र बताउँछ, जस्ले अल्मल्याउने मन्त्र बताउँछ उस्लाई हामी श्रद्धा गर्छौ, नमन गर्छौ, ढोग गर्छौ तर जस्ले ब्युँझाउन खोज्छ, जस्ले शाश्वत दृष्टी प्रदान गर्न खोज्छ, जस्ले मृतुको दर्शन गराउन खोज्छ उस्लाई यस्तै दुखद ब्यबहार गर्छौ हामी मानब जातीले । गइसकेको जन्मदिनको के कुरा अब आउदै गरेको मृतु मेरो हातमा छ र म त्यस्को तयारी गर्न सक्छु भने, किन मृतु उत्सब जयन्ती नमनाउने ? तर कोहि राजी छैनन् मृतु स्विकार गर्न, जन्मको भुमरीमा घुमिरहन चाहन्छन मानब मृतुबाट छुटकारा खोज्छ तर जन्मबाट छुटकारा कहिल्यै पनि खौज्दैन जवकी जन्म हुन्छ भने मृतु पनि हुन्छ भन्ने बोध उस्ले कहिल्यै पनि गर्न सक्दैन । मलाई कसैले उत्सबमय मृतुको शुभकामना दिन्छ भने मलाई अत्यन्त स्विकारपुर्ण हुनेछ तर जन्म दिन भन्नेकुरा त मेरो हातबाट गइसक्यो अब मृतुको दिन म फुत्काउन चाहन्न त्यसैकारण मलाई मेरो प्रियजनको न्यानो आशिष र करणा चाहिन्छ । मैले शुभकामना दिदा– “म मर्नु पर्छ भन्ने कुरा याद गर्नुस” भन्दा मानबले कहिल्यै नराम्रो काम गर्ने बेलामा मृतुको याद गरेर राम्रो यात्रामा जाओस भन्ने हो तर कस्लाई होसमा आउन मन छ र ? यहाँ त जस्ले स्लिपिङ ट्याबलेट खुवाउछ उस्लाई धन्य महाराज भनेर पुजा गरिन्छ । सामान्य भन्दा सामान्य कुरा सिक्न गुरु चाहिन्छ । क, ख सिक्न गुरु चाहिन्छ, हरेक कुरा सिक्न गुरु चाहिन्छ, धैर्यता आबश्यक पर्दछ तर जन्म र मृतु सिक्नलाई कोई कसैलाई एक मीनेटमा कसरी बुझाउन सकिन्छ ? त्यसको लागी त संयंता, धैर्यता, अभिप्सा, तत्परता, स्वायध्यायनको खाँचो छ । तपाई पनि आफ्नो जन्म र मृतुलाई जान्न सक्ने सामथ्र्य भएको अधिकारी हो तर मृतुलाई जान्न २,४ इन्चको मुटु होइन, मृतुलाई स्विकार गरेर, मृतु भए पनि राजी भनेर आउन सक्ने घोषणा गर्ने सामथ्र्य राख्न सक्नुपर्दछ । कोहि शुकरात बौलाहा होइनन् जस्ले मृतुलाई उत्सव भनेर घोषणा गरेका छन् । उनले मृतुलाई आफ्नो शरिरमा रहदा रहदै अनुभुत गरेका छन् । हामी अन्धाधुन्दमा मान्दैनौ । अस्विकार त्यस्तो मानिस्ले गर्नु उपयुक्त हुनेछ जस्ले त्यस बिषयमा अनुभुती प्राप्त गरेको होस । अनुभुती प्राप्त गर्दा पनि उस्ले अस्विकार गर्छ भने त्यसमा केहि नयापन हुनसक्छ । पाकेको स्याउ सर्बत्र गुलियो हुन्छ तर कसैले पाकेको स्याउ खाएर अमिलो अनुभुती गर्छ भने त्यस्तो ब्यक्तिले अस्विकार गर्नु बास्तबिक हुनेछ । तर जस्ले स्याउ गुलियो हुन्छ भनेर पुस्तक तथा शास्त्रमा लेखिएको आधारमा ब्याख्या गर्नु र मलाई स्याउको स्वाद थाहा छ भन्नु महाँअज्ञानताको पराकाष्ठा हो । कोहि म जान्दिन भन्छ भने उस्ले कुनै पनि कुरा छिटो सिक्न सक्दछ तर नजानेर पनि म जान्दछु भन्ने भान गर्छ भने त्यस रोगको कुनै उपाय छैन् । हजारौ बर्षदेखी पढाइएका धर्मग्रन्थ, बेद, पुराण, बाइबल, गुरुग्रन्थ पढेर जन्म र मृतुको दर्शन प्राप्त हुने भए यस धर्तीमा कोहि पनि अज्ञानी व्यक्ती रहने थिएनन् । शास्त्रले जहिले पनि स्याउको स्वाद कस्तो हुन्छ ? भन्ने बताउने मात्र हो, इशारा पाएपश्चात स्याउको स्वाद आफैले खान प्रयत्न गर्ने हो । जुन दिन स्याउको स्वाद आफैले चाख्नु हुनेछ तपाइले स्याउको श्वाद शास्त्र पढ्नुको पागलपन तपाइलाई अनुभुती हुनेछ जवकी १ सेकेण्डमा तपाइलाई स्याउको स्वाद थाहा हुन्थ्यो भने तपाई महिनौ, महिना लगाएर ग्रन्थ पढिरहनु भएको छ । जन्म अनि मृतुको घट्ना तपाइको शरिर रहदा रहदै अनुभुती गर्न सक्ने घट्ना हो । आउनुहोस ह«दय आकाश भन्दा फराकिलो भएका मानबजाती, श्रद्धेय पात्र, अनि मृतुको खोजीमा तल्लीन मुमुक्षुहरुलाई निमन्त्रणा । हरि ओम् तत्सत्


। सन्दिप न्यौपाने



YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?