अबको बिश्व परिवेश संगै नेपाली राजनीति पनि परिबर्तन हुन जरुरी छ।भारत र पस्चिमाले हालिदिएको नेपाली जनताको टाउमा माओवादी नामको काउसोले गरेको अपुरणिय क्षेतीको प्रत्येक र अप्रत्यक्ष हिसाबगर्ने हो भने त्यसले १ सिङ्गो सताब्दिको उदारीकरण सोच राख्ने अर्थ शास्त्री र बौद्धिक बर्गको दिमाग हल्लाई दिन्छ । हामि भर्खर कुल प्रतिब्यक्ती आय १०४८ अमेरिकी डलरमा आईपुगेका छौ। त्यो भनेको संसारका १०औ अतिगरिबी देशहरुको सुचिकै नम्बरमा भित्र पर्छ।नेपाल जस्तो देशमा यो अबस्था कसरी आयो ? २०४६ मा वैदेशिक रिण प्रती ब्यक्ति ४ हजार पनि थिएन तर २०७७ सम्म आउँदा बिदेशी रिण ३८ हजार छ आगामी बर्ष झन बड्ने छ।यसको आधार र कारण मुख्य रुपमा तत्कालिन माओवादीले गरेको आतंक नै नेपाली राजनीतिको सबै भन्दा ठूलो सत्रु रह्यो ।भारतले नेपाललाई माओवादी मात्र लगाएर बिनास गरेन नेपाली युबालाई कन्सल्टेसी राखेर २०६४ बनेका माओवादी सरकारमा गएको बखत ६ हजार मेनपावर राखेर ठूलो बौद्धिक जमातलाई बिदेश निर्यात गर्यो आजपनी काठमाडौं प्रत्यक्ष भारतीय लगानिका ठुला मेनपावर र कन्सल्टेन्सी संचालित छन ।अर्को कुरा देश भित्र उत्पादन हुने र निर्यात हुने सामनमा समेत प्रत्यक्ष दादागिरी त्यसको ज्वलन्त उदाहरण हिजो आज सडकमा फालिएका तरकारी बाट हुन्छ ।त्यसको भित्री पाटो खोज्ने हो भने झन डरलाग्दो र भयावह छ।
आजभोलि सडकमा भारत विरुद्ध रास्ट्रबादी मुद्दा बोक्ने धेरै भुरे टाकुरे समूह छन् ।जसमा मुख्य रुपमा कहिले राजाबादी र कहिले गणतन्त्रमा उपप्रधानमन्त्री हुने कमलथापा सम्मले आफ्नो- आफ्नो डम्फु वजाउन भ्याएका छन् ।संसारमा नभएको ३ जना पार्टी अध्यक्ष प्रणाली मानौ संसारमा अदितिय रुपमा यिनीहरुको पार्टीमा रहेको छ। ३ जना अध्यक्षमा मात्र पार्टि सिमीत भयो भनेपनि यिनीहरूलाई अरु मत्लब हुने छैन, तर अध्यक्ष भने बन्नुनै पर्ने छ।जबकि यिनका पार्टिमा १ जना जनजातीको छोरो जो सर्बलोकप्रीय नेता छ्न" राजेन्द्र लिङ्देन" उनलाई अध्यक्ष बनाएर अगाडि बढ्ने हो भने आजपनी ठूलो जनमत आफ्नो पक्षमा पार्न राप्रपाले सक्छ । कोहि सर्बमान्य ब्यक्ती बर्तमन परिवेशमा नेपाली राजनीतिमा खासै छैन । उनी राजेन्द्र लिन्देन सबैको साझा रुपमा ईमानदार नेता बन्न सक्छन । तर अहँ त्यसो हैन पार्टिभित्रका बुढानेतालाई पार्टिमा जम्मा ३ जाना मात्र बाकी रहेपनी उनीहरु पद त्यागेर अगाडि बड्न चाँदैन्न रास्ट्रभन्दा पद प्यारो छ।अब आफै बुझौं रास्ट्रबादी हुन अथवा कुर्सिबादी र अबसरबादी ...?
अरु रास्ट्रबादी भनिने भुरेटाकुरे पार्टिहरुको पनि हबिगत उस्तै छ। अहिले चर्चामा रहेका केही अभियन्ता (भरत दाहाल, फणीन्द्र नेपाल ,स्वागत नेपाल, रमेश खरेल, ज्ञानेन्द्र शाही,सुरेन्द्र भन्डारी बालकृस्ण ढुङेल) लगाएत अरु थुप्रै समूह हरुपनी आफ्ना १०/२० जना कार्यकर्ता लिएर मानौ यिनीहरु पुर्ण सत्ता परिवर्तन गर्न चाहान्छ्न जस्तो देखिन्छ । पुर्ण ब्यबस्था परिबर्तन गर्न यिनीहरु एक्लैले गर्न सक्नेगरी भासण दिन्छन्।तर बास्तबिकता नेपाली जनतालाई झर्लंग छ।बर्तमान अबस्थामा देश कुन अबस्थामा गुज्रिएको छ त्यो महत्त्वपूर्ण कुरा हो। स-साना यस्ता पार्टी समुहको मुख्य उदेश्य देश हो कि आफ्ना-आफ्ना समुहमा अध्यक्ष र संयोजक पदको लागि मात्र ? राजनीतिक मुद्दा र रास्ट्रीय मुद्दा लगभग उस्तै (भ्रष्टाचार, बेथिति , र मुख्यरुपमा रास्ट्रीय एकता) ? त्यसो भए रास्ट्रीयताको मुद्दामा यिनीहरु आफै किन एक छैनन् । यदि रास्ट्र रहन पर्छ भन्ने मान्यता राख्ने हो भने हामी एकहुन पर्छ सामुहिक प्रयास बाट मात्र भ्रष्टाचार र बेथिति नियत्र गर्न सकिन्छ भन्ने सोच किन छैन। स-साना समुह बनाएर त्यसमा अध्यक्ष/संयोजक बनेर मात्र यो बेथितिको समुल अन्त्य हुन्छ?
२०१८ सालतिर ग्रेटर नेपालको हौवा चलाएर नेपालमा केही रास्ट्रबादी भनिने तत्तो उग्रभएको थियो र तिनीहरू भारतीय नेताहरु बाटनै संचालित थियो भन्ने भनाई विभिन्न बौद्धिक समुहले विभिन्न बेला राख्ने गरेका छन् । नेपाली जनता रास्ट्रीयताको सवालमा निकै संबेदनसिल छन तर पटक पटक धोकाबाट आजित बनेका उनिहरु! पछिल्लो उदाहरण माओवादीको कथित जनयुद्ध,JNU मा बसेर उतैबाट हतियार ल्याएर नेपाली मार्दै नेपाली जनताको सामुन्ने भने भ्रमपुर्ण भाषण र झुटको राजनीतिले भारतसंग सुरुङ युद्द गर्ने भ्रमणपुर्ण राजनीतिक कैद चेतनाको प्रभाबले जनता झट्ट कसैलाई बर्तमान परिवेशमा बिस्वास गर्ने अबस्थामा छैनन् ।
बर्तमान सडकमा रास्ट्रबादको नारा लगाउनेहरुको यदि नारा र रास्ट्रीय मुद्दा एकै हो भने किन समग्रमा एकता हुन सकेन?कतै याहाँ भित्र पनि बिदेशीले फन्डिङ गरेको त छैन? उनीहरुलाई पुर्ण बिश्वास गर्नु पर्ने आधार के ? माओवादीको सुरुङ युद्दको सपना देखाए जस्तै त हैन यस्ता हजार प्रस्न रास्ट्रभक्त नागरिकमा मनमा हजार आउँछ ? एउटा स्वतन्त्र नागरिक भएर बिस्लेसण गर्दा देश भित्र आन्तरिक एकता गर्न सक्ने शक्तिलाई कमजोर पार्न कसैले भित्री खेल खेलेको त छैन ? मिठा नारा र चिल्ला भासण लगाउने तर रास्ट्रीय एकताको सवालमा एक नहुने भएपछि यिनीहरु पनि बिदेशीकै खेताला हैनन् भनेर किन नभन्नु पर्ने जनताको सामुन्य प्रस्ट परेको खै ? एउटाले १०० जना अर्कोले २०० जनालाई भ्रमपुर्ण ढंगबाट बोकेर हिड्दा रास्ट्रीय एकता गर्न चाहाने बर्गलाई असर गर्छनै गर्छ ! जब देश एकजुट हुदैन सधै बिदेशीले खेलिरहने र आज सम्म खेलिरहेको धुर्बसत्यलाई सबैले बुझेका छ्न, भने खै त यी शक्ति बिचमा सामुहिक एकता ...? कस्ले रोकेको छ ? जनता भनिरहेका छन !यात एकता गर, कि खुले आम जनताको सामुन्य यो-यो समूह बिदेशीको दलाल हुन यिनले-यिनले बिदेशी झोला बोकेका छन भनेर । कमसेकम जनतालाई भ्रम मुक्त हुने थिए।यिनीहरुबाट यो भ्रमपुर्ण राजनीति कहिले सम्म ? अभियन्ताको नाममा १०/२० जनाको झुंड बोकेर सडकमा र माईतिघर मन्डलामा रमिता देखाउदा खै त प्रभाब ।मैले यति भनिरहँदा कुनै ब्यक्ति विशेषलाई भनेको छैन । रास्ट्रभक्तहरुको एकता बिना यो अस्थिर र अलोकतान्त्रिक प्रणालीको बिकल्प खोज्न ढिला हुनेछ । त्यसैले यस्ता भुरा टाकुरा समूह लिएर हिड्दा एक एक ढिक्का भएर गर्न सक्ने माहोल लाई कतै भड्काई रहेको त छैन ? जनतालाई फेरि रनभुल्लमा पार्ने अर्को षड्यन्त्र त हैन?
नेपाली जनताले पटक पटक भ्रमपुर्ण राजनीति र छलकपट पुर्ण राजनीति बिगत देखिनै भोग्दै आएको छ्न।बर्तमान अबस्थामा ठूलो आवाज संघीयताको खारेजिको पक्षमा छ ।कुल बजेटको मात्र ३१% मात्र पुजिगत खर्चमा छुटिन्छ त्यसमा पनि भ्रष्टाचार र खर्च नभैइ फ्रीज हुने र हद सम्म बेरुजु आउने क्यान्सर रुपी समस्या छ, भने त्यो देश कहिले विकसित र उन्नत रास्ट्र हुन्छ? हामी कल्पना पनि गर्न सक्दैनौ । अबको देशको आबस्यक्ता र बर्तमान राजनीतिक परिस्थिति बुझ्दै जनता र अबको युगमा नयाँ सोच राख्ने युबालाई एकता बद्द बनाएर देशको रास्ट्रीय मुद्दाहरुमा एक भएर नेपाली माटो सुहाउँदो राजनीति बिचार बोक्नुको विकल्प छैन ।सत्ताको भर्र्याङ्को उक्लनुको हतारो भन्दा पनि साँच्चैनै रास्ट्र रास्ट्रीयता प्रती बफादार हुने एउटा लिडर चाईको छ । जसले ति र त्यस्ता शक्ति लाई रास्ट्रबाट परास्त गर्न जरुरी छ! जसले स्वाधीनता र रास्स्ट्रीय एकतामा निरन्तर खलबल पुर्याईरहेको त्यस्ता तत्व पहिचान गरि समुल अन्त्यको लागि जनतासंग रास्ट्रीय आह्वान पनि गरोस र सबै रास्ट्रीय मुद्दालाई सम्बोधन गरि रास्ट्रभित्रको मौलिक धरोहरलाई बचाउदै सबैसंग मित्रबत समन्ध राख्न सक्ने ब्यक्ती अगाडि आयो भने हाम्रो समृद्धि हुन एक दशक लाग्दैन।
-Prayash Raj Khanal